आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 338
    SHARES
  • आज थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ०७३ पुगेको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ०८३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।