आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 283
    SHARES
  • पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि

    पुस ५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    images

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ भने नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ । साथै, ८ लाख ९ हजार १५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । साथै १ जनाको मृत्यु भएको छ ।