आइतबार, भाद्र २८ गते २०८३
images

जाडोमा अपनाउनुपर्ने यी १० सावधानी

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 400
    SHARES
  • जाडोमा अपनाउनुपर्ने यी १० सावधानी

    मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स :

    images

    १) पानी प्रशस्त पिउनेः शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

    २) वार्म अप गर्नेः शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।

    images

    ३) हिँडाइको गति कम गर्नेः चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

    ४) चिसो हावा र पानी परेको बेलामाः यस्तो बेलामा घर बाहिर ब्यायम गर्न निस्किनु हुँदैन ।

    ५) मदिरा र चुरोटको सेवनः जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

    ६) धेरै चिल्लो खानाः जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।

    ७) सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रणः जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

    ८) चिसोमा हिड्दा छाती दुख्नुः मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।

    ९) औषधिको नियमित प्रयोगः मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।

    १०) व्यामको बेलामा चिसो बाट सुरक्षाः यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नुपर्छ ।