आइतबार, भाद्र २८ गते २०८३
images

आज २९० जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना संक्रमण मुक्त 

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 374
    SHARES
  • आज २९० जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना संक्रमण मुक्त 

    पुस ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७०७८ जनामा पिसीआर र एन्टीजेन विधिबाट परिक्षण गर्दा २९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै मुलुकभर संक्रिय संक्रमितको संख्या ५ हजार २४२ जनामा रहेका छन् । 

    images

    त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् , यो सँगै संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना रहेका छन । आज थप कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएाको छ ।