आइतबार, भाद्र २८ गते २०८३
images

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 284
    SHARES
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

    पुस ७ काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया सुरु भएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले उपकुलपतिका लागि इच्छुकहरुसँग आवेदन माग गरेको छ।

    images

    समितिले प्रतिष्ठानको उपकुलपति नियुक्ति सम्बन्धी कार्यविधि २०७८ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन सार्वजनिक सूचना निकालेको हो। आवेदन दिने म्याद ७ दिन छ।

    प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री विरोध खतिवडाको अध्यक्षतामा नाम सिफारिस समिति गठन भएको छ। समितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला सदस्य छन्।

    images

    प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीको पदावधी मंसिर २६ गते सकिएको छ।