आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 433
    SHARES
  • आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

    पुस ८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११,६२६ जनामा पिसीआर र एन्टीजेन विधिबाट परिक्षण गर्दा २९३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै मुलुकभर संक्रिय संक्रमितको संख्या ५ हजार १६१ जनामा रहेका छन् । 

    images

    त्यस्तै पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् , यो सँगै संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ९२२ जना रहेका छन । त्यस्तै आज थप कोरोना संक्रमणबाट २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएाको छ ।