पुस ९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनामा पिसीआर र एन्टीजेन विधिबाट परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै मुलुकभर संक्रिय संक्रमितको संख्या ५ हजार ४८ जनामा रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् , यो सँगै संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ जना रहेका छन । त्यस्तै आज थप कोरोना संक्रमणबाट १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएाको छ ।



