शनिबार, भाद्र २७ गते २०८३
images

दुवै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग 

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 315
    SHARES
  • दुवै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग 

    पुस ९ खोटाङ । खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले दुवै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गरेको छ ।

    images

    जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुपमार्फत खोटेहाङ गाउँपालिका-४ बड्कादियालेकी १४ वर्षीय कविता विश्वकर्मालाई १० हजार सहयोग जुटाइएको हो ।

    दुवै मिर्गौला फेल भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल काठमाडाैंमा उपचाररत विश्वकर्माको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ फेसबुक ग्रुपमार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का एड्मिन कोइरालाले जानकारी दिए । 

    images