पुस १२ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ जनामा पिसीआर र एन्टीजेन विधिबाट परिक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै मुलुकभर संक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जनामा रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् , यो सँगै संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ जना रहेका छन । त्यस्तै आज थप कोरोना संक्रमणबाट १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएाको छ ।



