शनिबार, भाद्र २७ गते २०८३
images

आज थप २६४ जनामा कोरोना पुष्टि

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 562
    SHARES
  • आज थप २६४ जनामा कोरोना पुष्टि

    पुस १३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।