आइतबार, कार्तिक १६ गते २०८३
images
images

शनिवार स्थगित एमाले स्थायी समिति बैठक बस्दै

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 317
    SHARES
  • शनिवार स्थगित एमाले स्थायी समिति बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्ने भएको छ। शनिवार स्थगन गरिएको बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्दैछ।

    images

    पार्टीको एकताका लागि केही समय पर्खिने निष्कर्ष निकाल्दै शनिवार बसेको स्थायी समितिको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरणरवितरण सम्बन्धमा छलफल गर्ने तयारी छ।

    ‘एजेन्डामा के कसरी प्रवेश गर्ने भन्ने मिलाउन हामीले हिजो बैठक स्थगन गरेका हौँ,’ तामाङले भने, ‘अब बैठक आज त्यही समय र स्थानमा बस्छ।’ शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरूको आग्रहमा बैठक स्थगन गरिए पनि अब माधव नेपाललाई पर्खेर नरोकिने बताइएको छ।

    images

    विघटित कार्यदलका नेताहरू केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेन्डा ओलीसँग नभेट्ने बताएका छन् । आफू निकट कार्यदलका सदस्यहरूसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने शनिवार पनि बताएका थिए।

    नेता नेपालले ओली अन्तर्गत बस्न आफू तयार नरहेको कार्यदलका दुवै पक्षका नेताहरूलाई बताएका छन्। त्यसैले एमाले एकता प्रक्रिया पेचिलो बनेको छ। नेपाललाई एमालेमा कुनै स्थान नरहेको भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको नेपाल निकट कार्यदल सदस्यहरूको भनाइ छ।

    शनिवारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए। अब आजको बैठकबाट पार्टी अघि बढ्ने नेताहरूले बताएका छन्। माधव नेपाल पक्षधर वार्ताकार नेताहरूलाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको छ। तर आजै उनीहरू सहभागी हुने सम्भावना भने नरहेको एमालेका एक नेताले बताए।