आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 477
    SHARES
  • आज थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

    पुस १६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय १२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।