आइतबार, कार्तिक १६ गते २०८३
images
images

 गठबन्धन सरकारका साझा कार्यक्रम तयार हुँदै 

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 449
    SHARES
  •  गठबन्धन सरकारका साझा कार्यक्रम तयार हुँदै 

    काठमाडौँ । गठबन्धन सरकारका साझा कार्यक्रम एकपछि अर्को तयार भइरहेका छन् । यसैबीच सरकारको न्यूनतम साझा कार्यक्रमले सोमबार सम्म अन्तिम रुप पाउने भएका छन् । सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाउन लागेको हो ।  यसका लागि काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल नै बनेको छ।

    images

    भोलि बस्ने कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने कार्यदलका एक सदस्यले जानकारी दिए। कार्यदलको बैठक शनिवार पनि बसेको थियो। आज कार्यदलका केही नेताबीच छलफल भई मस्यौदा तयार गर्ने बताइएको छ। सोमबार पुनः बैठक बसेर अन्तिम रूप दिने ती सदस्यले बताए।

    न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिने छ। कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ। मन्त्री बनाउन लागि आवश्यक मापदण्डको तय भने कार्यदलले नगर्ने भएको छ। प्रधानमन्त्री र दलका नेताहरूको क्षेत्राधिकार रहेको उल्लेख गर्दै उक्त विषयमा प्रवेश नगर्ने कार्यदलका अर्का एक सदस्यले जानकारी दिए।

    images

    पूर्ववर्ती केपी शर्मा ओली नेतृत्व सरकारले विधि मिचेर गरेका नियुक्ति उल्टाउन कार्यदलले सिफारिस गर्ने भएको छ। ‘संविधानतः प्रक्रिया पूरा गरेर भएका नियुक्ति बदर हुने कुरा हुँदैन। संविधान मिचेर वा अदालतले नियुक्त नगर भन्दाभन्दै भएका नियुक्ति खारेज गर्न कार्यदलले सुझाव दिन्छ,’ ती सदस्यले भने।

    कार्यदलमा काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।