आइतबार, कार्तिक १६ गते २०८३
images
images

केही दिनमा मन्त्रिपरिषद् विस्तारगर्ने माओवादी केन्द्रको निष्कर्ष

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 306
    SHARES
  • केही दिनमा मन्त्रिपरिषद् विस्तारगर्ने माओवादी केन्द्रको निष्कर्ष

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिनमा हुने बताएका छन्। स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल हुने बताएका हुन्।
    आइतबार स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाउदै यस्तो बताएका हुन्।

    images

    बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै भनेका थिए, ‘एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको छ। अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो।’

    माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको प्रचण्डले बैठकमा पठाएका थिए। प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक बोलाएका छन्।

    images