शनिबार, भाद्र २७ गते २०८३
images

हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 281
    SHARES
  • हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

    पुस १९ बाजुरा । बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए । 

    images

    उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ । चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए ।