शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 287
    SHARES
  • पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि

    पुस १९ काठमाडौं । मुलुकभर मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५००५ पुगेको छ । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।