आइतबार, भाद्र २८ गते २०८३
images

स्वस्थ जीवनशैलीका लागी जानीराख्नु पर्ने यस्ता छन् तथ्यहरु 

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 281
    SHARES
  • स्वस्थ जीवनशैलीका लागी जानीराख्नु पर्ने यस्ता छन् तथ्यहरु 

    काठमाडौँ । स्वस्थ जीवनशैलीका लागी आफ्नो दैनिकी अनुसार स्वास्थको ख्याल राख्न सकेमा सधैँ खुसी रहन सकिन्छ । हाम्रा यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा नैतिक रुपमा बलवान हुनसक्दछ । आयुर्वेदले भन्छ स्वस्थ दिनचर्यालाई हामीले यसरी सुरु गर्न सक्दछौँ ।

    images

    १ हरेक दिन ब्राम्हामुहुर्त सूर्योदय हुनुभन्दा ४५ मिनेट अगाडि उठ्ने । 
    २ ईश्वरको स्मरण गर्दै मन मस्तिस्कलार्य सकारात्मक बनाउने ।
    ३ १ गिलास २०० देखि २५० मिलिलिटर० सफा र शुद्ध पानी पिउने ।
    ४  त्यसपछि शौचादि  दिसा पिसाव गर्ने ।
    ५ दाँत माझ्ने तथा मुख धुने ।
    ६ योगाभ्यास तथा ध्यान मेडिटेसन गर्ने ।
    ७ मौसम अनुसार पानीको तापक्रम मिलाएर स्नान गर्ने ।
    ८ दूध तथा मौसम अनुसारका फलफुलको हल्का खाजा खाने ।
    ९ यो समयमा अध्ययन गरेको विषय लामो समयसम्म स्मरणमा रहीरहने भएकोले २ ३ घण्टा नियमित अध्ययन गर्नु राम्रो हुन्छ ।