शनिबार, भाद्र २७ गते २०८३
images

नेपालगञ्ज नाकामा भारतबाट आएका ९ जनामा कोरोना पुष्टि

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 372
    SHARES
  • नेपालगञ्ज नाकामा भारतबाट आएका ९ जनामा कोरोना पुष्टि

    पुस २० नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नाकामा एकैदिन नौ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नौ जना सबै भारतबाट आएका व्यक्ति हुन् ।

    images

    भारतबाट आएका ३०७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । नौ जनामा सात जना पुरुष र दुई जना महिला छन् । भारतको हरिद्वारबाट आएका कालिकोटका चार जना, दिल्लीबाट आएका दाङका तीन जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका दुई जनामा कोरोना पुष्टि भएको हो ।

     

    images