काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा आइतबार बसेको एमाले स्थायी समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको हो।
बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ। विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरणमा बैठक केन्द्रित भए पनि आज यो विषयमा ठोस निर्णय भएको छैन।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए। हिजोको बैठकमा पनि पुगेका गौतम एकैछिन बसेर निस्किएका थिए। पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका एजेण्डा छन्।
एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका अजेण्डा छन्। बैठकमा नेपालपक्ष सहभागी हुने गरेको छैन।
.jpg)


