शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि 

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 239
    SHARES
  • आज थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि 

    पुस २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

    images