आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै, एकैदिन थपिए ५४० जना

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 458
    SHARES
  • नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै, एकैदिन थपिए ५४० जना

    पुस २२ काठमाडौं । नेपालमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । छिमेकी राष्ट्र भारतमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा उक्त आस नेपालमा पनि परेको छ । त्यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ ।

    images

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।