पुस २३ काठमाडौं । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २७ हजार ८९३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।


