आइतबार, कार्तिक १६ गते २०८३
images
images

 माओवादी केन्द्रको दिउँसो बस्ने स्थायी कमिटी बैठक स्थगित 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 263
    SHARES
  •  माओवादी केन्द्रको दिउँसो बस्ने स्थायी कमिटी बैठक स्थगित 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। सोमबार ३ बजे बोलाइएको बैठक स्थगित भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    images

    अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो। नेताहरूको व्यस्तताका कारण बैठक स्थगित गरिएको जनाइएको छ।

    आज बस्ने भनिएको बैठकबाट माओवादीले सरकारमा जाने नेताहरूको नाम टुंग्याउने तयारी गरेको थियो। मन्त्रीका आकांक्षी धेरै हुँदा माओवादीले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। यसअघि माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन्।

    images

    शमाओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन्। सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो।