काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको नेपाल समूह आफ्नो कित्ता क्लियर पार्न छलफलमा जुटेको हो।
पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल गरिराखेका छन्।
सो समूहमा अध्यक्ष ओलीसँग मिल्नुपर्ने दवाव नेता नेपालमाथि छ। तर, समान हैसियतविना एकता सम्भव नभएको नेता नेपालले बताउँदै आएका छन्।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताउदै आएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताउदै आएका छन्। स्रोतका अनुसार नेपालले पार्टीमा दोस्रो अध्यक्ष होइन, ओलीले बराबर अधिकार प्रयोग गर्न चाहन्छन्।
.jpg)


