शनिबार, भाद्र २७ गते २०८३
images

‘भेरोसेल’ खोपको दोस्रो डोज आजदेखि सुुरुगदै काठमाडौं महानगरपालिका ।

एक्सप्रेस पाना
आषाढ २२, २०७८ मंगलबार
  • 648
    SHARES
  • ‘भेरोसेल’ खोपको दोस्रो डोज आजदेखि सुुरुगदै काठमाडौं महानगरपालिका  ।

     

    images

    काठमाडौं महानगरपालिकाले ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ। गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो।  

    पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन पर्नेछ। त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ। पहिलो मात्र लगाउने बेला कामपाले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो। भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो।
    यसअघि स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको थियो।
    त्यसैगरी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार कामपासहित जेठ २ गतेदेखि काठमाडौँ जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो। जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए। त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौँ जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन्। 
    आजदेखि भेरोसेल खोप सञ्चालनका लागि महानगरले तोकेका खोप केन्द्रहरु 
    १। नन्दीरात्रि स्कुल, नक्साल
    २। २ नम्बर वडा कार्यालय, लाजिम्पाट
    ३। ३ नं. वडा कार्यालय, महाराजगञ्ज
    ४। पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग
    ५। ५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ
    ६। महेन्द्र बौद्ध उच्च मावि, बौद्ध 
    ७। यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर
    ८। ८ नं. वडा कार्यालय, जयबागेश्वरी
    ९। गुह्येश्वरी मावि, सिनामंगल
    १०। म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर
    ११। विश्व निकेतन स्कुल, त्रिपुरेश्वर
    १२। सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु
    १३। जनप्रभात मावि, कालीमाटी
    १४। १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर
    १५। भुइँखेल चौर, स्वयम्भू
    १६। जुडो हल, नयाँबजार
    १७।  पब्लिक युथ क्याम्पस, धोबीचौर
    १८। पुष्पलाल पार्क, विष्णुमती
    १९। सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर
    २०। शान्ति निकुञ्ज स्कुल, भगवतीबारी
    २१। सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल
    २२। टेवहाल वडा कार्यालय, संकटा
    २३। नव आदर्श स्कुल, वसन्तपुर
    २४। इतुमबहाल, तारणी वहाल
    २५। कन्या मन्दिर स्कुल, क्षेत्रपाटी
    २६। वडा परिसर, लैनचौर
    २७। महाबौद्ध चोक
    २८। २८ नं. वडा कार्यालय, सिटी मार्केट
    २९। विजय स्मारक स्कुल, डिल्लीबजार
    ३०। ज्ञानेश्वर चोक
    ३१। भीमसेनगोला स्कुल, भीमसेनगोला  
    ३२। ३२ नं. वडा कार्यालय, जडीबुटी

    images