शनिबार, भाद्र २७ गते २०८३
images

सबै तहका परीक्षा स्थगन, आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशनबारे छलफल 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 347
    SHARES
  • सबै तहका परीक्षा स्थगन, आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशनबारे छलफल 

    काठमाडौँ । अब सबै तहका परीक्षा स्थगित हुने भएका छन् । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाल सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गरिएको छ । 

    images

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन  हुनेबारे छलफल भइरहेको बताए ।  सामाजिक सञ्जाल ट्वीटरमा उनले जानकारी दिँदै शिक्षा मन्त्रालयसँगको परामर्शपछि उचित निर्णय लिइने जानकारी दिए । 

    उनले भनेका छन्, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।’

    images