आइतबार, भाद्र २८ गते २०८३
images

आजदेखि ललितपुरका विद्यार्थीलाई फाइजर खोप दिइँदै

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 398
    SHARES
  • आजदेखि ललितपुरका विद्यार्थीलाई फाइजर खोप दिइँदै

    पुस २७ ललितपुर । ललितपुरमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई आजदेखि विद्यालयहरुमा फाइजर खोप दिइने भएको छ ।

    images

    स्वास्थ्य कार्यालय ललितपुरका  खोप सुपर भाइचर पार्थमणी न्यौपानेकाअनुसार ललितपुर महानगरका विभिन्न विद्यालयमा आजदेखि २ माघसम्म कोरोना विरुद्धको खोप दिने कार्यक्रम छ । महालक्ष्मी नगरमा ४ माघसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने  गोदावरीमा ३ गतेसम्म खोप लगाउन सकिन्छ ।

    दक्षिण ललितपुरका महाकाल गाउँपालिकामा मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन हुँदैछ । कोञ्ज्योसोम गाउँपालिकाका विद्यालयमा २९ पुससम्म र वागमती गाउँपालिकामा ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ ।

    images

    स्थास्थ्य कार्यालयकाअनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक खोपको पहिलो मात्रा दिने कार्यक्रम सुरु हुन लागेको हो । 

    न्यौपानेले नेपाली बच्चाहरुलाई पहिलोपल्ट अमेरिकी फाइजर खोप दिन लागिएको बताए । आजबाट फाइजर काठमाडौं र ललितपुरमा लगाउने कार्यक्रम छ । उनकाअनुसार दोस्रो मात्रा भने २४ माघबाट सुरु हुनेछ ।

    ललितपुरका विद्यालयसँगै केही स्वास्थ्य केन्द्रमा समेत खोप लगाउने कार्यक्रम छ ।

    यो खोप कोभ्याक्समार्फत नेपाल सरकारलाई अनुदानमा आएको हो । भक्तपुरमा सोमबारबाट नै विद्यार्थीलाई मोर्डना खोप दिन थालिएको छ ।