आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 451
    SHARES
  • काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप

    पुस २७ काठमाडौं । उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।

    images

    सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।

    जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो ।

    images

    बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।