शनिबार, भाद्र २७ गते २०८३
images

कोरोना संक्रमितको संख्या ह्वातै बढ्यो, सोमबारको तुलनामा आज झन्डै एक हजारले वृद्धि

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 562
    SHARES
  • कोरोना संक्रमितको संख्या ह्वातै बढ्यो, सोमबारको तुलनामा आज झन्डै एक हजारले वृद्धि

    पुस २७ काठमाडौं । पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढिरहेका छन् । त्यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको पीसीआर र एन्टीजेन्ट विभिबाट परिक्षण गर्दा २४४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । 

    images

    यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ सय १३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ ।

     

    images