काठमाडौँ । कर्णालीका ४ जना सांसदलाई नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले कर्णालीका ४ सांसदहरूलाई गरेको कारबाही सदर गर्ने आदेश गरेको हो।
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि कारबाही गरेको थियो। कारबाहीलाई सर्वोच्च अदालतले वैधानिक भएको ठहर गरेको हो। योसँगै कर्णाली एमालेका चार सांसद पदमुक्त भएका हुन्।
कर्णाली सरकारलाई सघाउने एमालेका चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै अदालतले यसअघि पुनर्बहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ।
.jpg)


