आइतबार, भाद्र २८ गते २०८३
images

हटस्पट बन्दै काठमाडौं, एकैदिन थपिए १४९८ संक्रमित

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 461
    SHARES
  • हटस्पट बन्दै काठमाडौं, एकैदिन थपिए १४९८ संक्रमित

    पुस २८ काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।