आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओली र माधव नेपालबीच भेटवार्ता हुँदै 

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 395
    SHARES
  • ओली र माधव नेपालबीच भेटवार्ता हुँदै 

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। पार्टीभित्रको विवाद बढ्दै गइरहेका बेला ओली र नेपालबीच आज भेटवार्ता हुन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। तर, समय र स्थानको भने टुंगो लागि नसकेको उनले बताए।

    images

    उनीहरुबीच एकताका लागि सहमति खोज्ने विषयमा छलफल हुने नेम्वाङले बताए। एकताका लागि दोस्रो तहका नेताबाट निरन्तर प्रयास भइरहेका छन्। गत साउन १४ गते नेपालसँगको भेटमा नेम्वाङले एकतालाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै ओलीसँग भेटवार्ता गर्न आग्रह गरेका थिए।

    एकताका लागि गठित कार्यदलले यसअघि १० बुँदामा सहमति गरेको थियो। सो सहमतिका बुँदामा पनि आजको भेटवार्तामा छलफल हुने बुझिएको छ। एमालेले सांगठनिक संरचनालाई पूर्णता दिँदै महाधिवेशनसम्मको कार्ययोजना अघि बढाउँदै गर्दा आज हुने भनिएको भेटवार्तालाई चासोका साथ हेरिएको छ।

    images