आइतबार, भाद्र २८ गते २०८३
images

३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 316
    SHARES
  • ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

    पुस २९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनासंख्या मन्त्रालयका अनुसार कुल १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा ३५५३ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् । साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।   

    पछिल्लो ९ दिनमा नेपालमा कोरोना संक्रमित
    पुस २१ गते संक्रमितको संख्या ४३५ जना, परीक्षण १०२६७
    पुस २२ गते संक्रमितको संख्या ५४० जना, परीक्षण १२०९९
    पुस २३ गते संक्रमितको संख्या ९६८ जना, परीक्षण १४९७१
    पुस २४ गते संक्रमितको संख्या ९४४ जना, परीक्षण १३२४६
    पुस २५ गते संक्रमितको संख्या ११६७ जना, परीक्षण १२६३२
    पुस २६ गते संक्रमितको संख्या १४४६ जना, परीक्षण ११४२९
    पुस २७ गते संक्रमितको संख्या २४४४ जना, परीक्षण १५०३३
    पुस २८ गते संक्रमितको संख्या ३०७५ जना, परीक्षण १३०३६ 

    images