काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। नेता नेपाललाई भेट्न मंगलबार बिहान प्रचण्ड कोटेश्वरमा पुगेका हुन्।
एमालेका नेताहरूले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भेट गराउने प्रयास गरिरहेका बेला प्रचण्ड नेपाल भेट भएको हो। पछिल्लो समयमा मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ।
भेटमा दूई नेताबीचको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रम लगायत विषयमा विचार विमर्श भएको बुझिएको छ। यसअघि प्रचण्डले पार्टीको स्थायी कमिटीमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए।
.jpg)


