आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर १४ हजार सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 304
    SHARES
  • मुलुकभर १४ हजार सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

    पुस ३० काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आठ हजार ३९६ जना सक्रिय सङ्क्रमित छन् ।

    images

    मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार ८४२,ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ जना रहेका छन् ।मन्त्रालयको तथ्याङ्क हेर्दा ५८.५४ प्रतिशत सक्रिय सङ्क्रमित काठमाडौँ उपत्यकामा छन् ।

    कुन जिल्लामा कति ?
    मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित जिल्ला अनुसार ताप्लेजुङमा ९, पाँचथरमा १२, इलाममा १४, झापा १३६, सङ्खुवासभामा १४, तेह्रथुममा ४,धनकुटामा ७, मोरङमा ४४९,सुनसरीमा ३३९, सप्तरीमा ६० उदयपुरमा १२, खोटाङमा २२, भोजपुरमा १६, सोलुखुम्बुमा ९, ओखलढुङ्गामा ७, रामेछापमा १६, दोलाखमा २९, सिन्धुलीमा २१, महोत्तरीमा ६४, सल्लाहीमा ७१, सिन्धुपाल्चोक ३९, रसुवामा ५, काभ्रेमा १२४, मकवानपुर १७४, बारा ९०, पर्सा ६२, नुवाकोट ३७, धार्दिङमा ४४, गोर्खामा ५९, लम्जुङमा ४२ , तनहुँमा ३५, नवलपरासीमा १३४, नवलपरासी पूर्वमा १७, चितवन २८८, रुपन्देहीमा २२६, पाल्पामा ४७, स्याङ्जामा ८७, कास्की ४८१, पर्वत ४३, मनाङमा १, मुस्ताङमा शून्य , डोल्पामा ४, रुकुम पूर्वमा १७, रुकुम पश्चिम २ , रोल्पामा ३६, प्युठानमा १६, गुल्मीमा ४३, बाग्लुङमा ६७, अर्घाखाँचीमा ३५, दाङमा ११८, बाँकेमा २५४, बर्दियामा ६८, कपिलवस्तुमा २२, सुर्खेत ८५, सल्यानमा १२, रोल्पामा ३६, जाजरकोटमा ६, दैलेखमा १७, कालिकोटमा ६, अछाममा १२, जुम्लामा १३, डोटीमा १३, हुम्लामा १, दार्चुलामा १३, बैतडीमा ४१ डडेल्धुरामा २१, कन्चनपुरमा १३२, कैलालीमा ३३१, बाजुरामामा ४, बझाङ २२ जना सक्रिय सङ्क्रमित छन् ।

    images