शनिबार, भाद्र २७ गते २०८३
images

जिल्ला न्यायाधीश बन्ने अवसर : कति जनाका लागि खुल्यो विज्ञापन (सुचीसहित)

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 420
    SHARES
  • जिल्ला न्यायाधीश बन्ने अवसर : कति जनाका लागि खुल्यो विज्ञापन  (सुचीसहित)

    काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ। यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट ११ जनाको विज्ञापन खुलेको छ।

    images

    प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ। यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ। परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ।

    आन्तरिक र खुलाका लागि दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ। परीक्षा फारम बुझाउने म्याद ३० दिन तोकिएको छ। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन फारम बुझाउन सकिने छ। परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ।

    images

    1-3.jpg