आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बाहेकका युवा भेला अनुपम फुडल्याण्डमा : कस्ता छन् , दबाब कार्यक्रम ?

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 398
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बाहेकका युवा भेला अनुपम फुडल्याण्डमा : कस्ता छन् , दबाब कार्यक्रम ?

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बाहिर रहेका युवा नेताहरूको भेला सुरु भएको छ। १४ औँ महाधिवेशनका लागि दबाब दिन काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा युवा नेताहरू भेला भएका छन्।

    images

    भेलाको संयोजक नेविसंघका पूर्वमहामन्त्री एवं युवा नेता मनोजमणि आचार्यले गरेका छन्। भेलामा युवा नेताहरू रञ्जित कर्ण, प्रकाश स्नेही, विनोद कायस्थ, प्रमोदहरी गुरागाइँ, प्रतिमा गौतम, रीता खनाल, गणेश भट्ट, मनहरी श्रेष्ठ, डिल्लीराम सुवेदी, उर्मिला थपलियालगायत उपस्थित छन्।

    ‘पार्टीको महाधिवेशनप्रति देखिएको उदासीनताप्रति खबरदारी गर्न, पार्टी नेतृत्वलाई खबरदारी गर्न र केन्द्रीय समितिबाहिर रहेका युवा साथीहरुबीच सहकार्य बढाउन हामी जुटेका हौ,’ आचार्यले बताए। भेलामा पार्टीको आन्तरिक राजनीतिक, महाधिवेशन र युवा नेताहरूको भूमिकाबारे छलफल गरेर साझा निष्कर्ष निकालिने जनाइएको छ।

    images