आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घन्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 413
    SHARES
  • पछिल्लो २४ घन्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

    माघ २ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ५३४ जनामा र दुई हजार ५६९ जनामा एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको हो ।

    images

    योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा ४३५ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।