आइतबार, भाद्र २८ गते २०८३
images

आजबाट यी स्थानमा बुस्टर टोज लगाउन पाईने, कस्तो व्यक्तिले यो खोप लगाउने ?

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 348
    SHARES
  • आजबाट यी स्थानमा बुस्टर टोज लगाउन पाईने, कस्तो व्यक्तिले यो खोप लगाउने ?

    माघ ३ काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने भएको छ । काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो । बुस्टर डोज पहिलो चरणमा अग्रपङ्क्तिमा खटिनेहरूका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाइने छ ।

    images

    स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।

    काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलङ्की, वीरेन्द्र सैनिक अस्पताल छाउनी,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

    images

    यस्तै काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलमा पनि बुस्टर डोज लगाइन्छ ।

    बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।