आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 424
    SHARES
  • आज थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि

    माघ ३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ ।

    images

    पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।