आइतबार, भाद्र २८ गते २०८३
images

जाजरकाेटमा १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 213
    SHARES
  • जाजरकाेटमा १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप
    माघ ५ जाजरकोट । जाजरकाेटमा १२ देखि १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । 

    १२ पुसदेखि सञ्चालन भएकाे खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएकाे स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए ।

    images

    उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएकाे हाे ।  बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएकाे हाे ।

    जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खाेप अभियान सञ्चालनमा छ ।  हालसम्म  ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए ।न्युज कारखाना

    images