माघ ५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।
त्यस्तै आज कोरोनाबाट ४ जनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएका छन् ।
यता काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।


