आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेलाई रातो बत्ति, माधव नेपालको नयाँ पार्टी आउँछ : बाँस्कोटा 

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 458
    SHARES
  • एमालेलाई रातो बत्ति, माधव नेपालको नयाँ पार्टी आउँछ : बाँस्कोटा 

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज बुधबार   नयाँ पार्टी घोषण गर्ने दावी गरेका छन्।

    images

    मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गरेका हुन्।

    नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ।

    images

    बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने।’

    नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाएका थिए। यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा एकीकृत नामक दल दर्ता गराएका छन्। बाँस्कोटाले एमालेलाई रातो बत्ति देखिने संकेत गरेका छन् । 

    Capture.jpg