आइतबार, भाद्र २८ गते २०८३
images

अब ८०० रुपैयाँमै पीसीआर परीक्षण गर्न पाइने

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 462
    SHARES
  • अब ८०० रुपैयाँमै पीसीआर परीक्षण गर्न पाइने

    माघ ५ काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । 

    images

    पीसीआर परीक्षणको शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । 

    उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । 

    images

    सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा। अधिकारीले जानकारी दिए । उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन्  ।