आइतबार, कार्तिक १६ गते २०८३
images
images

छलफलमा जुट्दै कांग्रेसका शीर्ष नेता , कस्ता छन् कार्यक्रम ?

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 281
    SHARES
  • छलफलमा जुट्दै कांग्रेसका शीर्ष नेता , कस्ता छन् कार्यक्रम ?

    काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो बस्दैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ।

    images

    बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा। प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    क्रियाशील सदस्यता छानविन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन नेतालाई दिएको थियो। शीर्ष नेताहरुलाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो।

    images

    मंगलबार नै समयसीमा गुजारिसकेका शीर्ष नेताहरुबीच सदस्यता विवादको मापदण्डमै सहमति जुट्न सकेको छैन। क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ।

    तर बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोक लगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको हो।