आइतबार, भाद्र २८ गते २०८३
images

आजबाट सार्वजनिक स्थानमा निस्कँदा खोपकार्ड अनिवार्य

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 320
    SHARES
  • आजबाट सार्वजनिक स्थानमा निस्कँदा खोपकार्ड अनिवार्य

    माघ ७ काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । 

    images

    काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ ।

    खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

    images