आइतबार, भाद्र २८ गते २०८३
images

अग्रपंक्तिमा खटिने कर्मचारीको सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने 

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 530
    SHARES
  • अग्रपंक्तिमा खटिने कर्मचारीको सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने 

    माघ ७ काठमाडौं । काठमाडौं उपत्यकामा सबै प्रकारको व्यसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । 

    images

    काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागु हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।

    योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । 

    images