आइतबार, भाद्र २८ गते २०८३
images

रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 559
    SHARES
  • रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

    ९ माघ  उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो । 

    images

    गाउँपालिकाले सिरक दिँदा राहत भएको रौतामाई गाउँपालिका(४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए त यो वर्षको जाडो कटाउँछु होला ।

    रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्रबहादुर मगरले भने, ‘घरमा परिवारसँग मिलेर बसेकाको हकमा त त्यति समस्या छैन ।  परिवारबाट अपहेलित भएकाको जनजीवन कष्टकर छ, त्यसैले त्यस्ता प्रति कार्यक्रम लक्षित हुनुपर्छ ।

    images

    गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा जेष्ठ नागरिकको अवस्था हेरेर सहयोग गरेको बताइन् । उनले भनिन्, ‘गरिब, दलित, विपन्न, असहाय, अपांग, ज्येष्ठ नागरिकलाई प्राथामिकतामा राखेर सिरक वितरण गरेका हौं ।