काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ। बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ।
नेपाल पक्षका एक नेताका अनुसार अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक छैन। बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने केन्द्रीय सदस्य गंगालाल तुलाधरले बताए।
नेपाल समूहका एक नेताले एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने बताए। थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्ने बताइएको छ।
माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन। तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको अनुमान गरिएको छ। माधव समूहले पार्टी फुटाएर केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ।
यसैबिच केपी ओली समूहले नेपाल कम्युनिष्ट पार्टी९एमाले० ले पार्टीको नामबाट अनधिकृत गतिविधि नगर्न सो गतिविधिमा सरिक नहुन अपिल गरेको छ। बुधबार पार्टीले प्रेस विज्ञप्ति निकाल्दै सो आग्रह गरेको हो।
आग्रहसँगै पार्टीले भोलि साउन २१ गते पार्टीको कुनै बैठक नभएको समेत स्पष्ट पारेको छ। विज्ञप्तिमा केन्द्रीय कमिटीको नामबाट साउन २१ ग्ते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै साउन २१ ग्ते एमाले केन्द्रीय कमिटीको कुनै बैठक नराखिको जानकारी दिएको छ। पार्टीका सचिव शेरबहादुर तामाङले सो विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
.jpg)


