आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए १० हजार नयाँ संक्रमित

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 269
    SHARES
  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए १० हजार नयाँ संक्रमित

    माघ १० काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार तीन सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images

    पिसिआर आठ हजार ५४ र एन्टिजेन परीक्षण ४५ सय ४७ जनामा गर्दा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा २५ सय ४० जना संक्रमणमुक्त र चारजनाको मृत्यु भएको छ । मन्त्रालयलका अनुसार यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ ।

    images

    No photo description available.